काठमाडौं। अस्मिता खवासको ह्याट्रिकसँगै बागमती युथ क्लबले एन्फा महिला लिगमा विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५-१ गोलअन्तरले पराजित गरेको हो।
बागमतीको जितमा अस्मिताले तीन गोल गरिन्। साहरा लिम्बू र आरती भुजेलले दुई गोल थपिन्। सुदूरपश्चिमका लागि तुलचा बोहराले एक गोल फर्काइन्।
जितसँगै बागमतीले तीन अंक जोडेको छ। अस्मिताले १७औं मिनेटमा गोल गर्दै बागमतीलाई सुरुआती अग्रता दिलाइन्। त्यसको ९ मिनेटपछि नै साहरा ले बागमतीको अग्रता दोब्बर बनाइन्।
३७औं मिनेटमा आरतीले अर्को गोल थपिन्। सुदूरपश्चिमकी डिफेन्डर झरना थापामगरले क्लियर गर्नुपर्ने बललाई पेनाल्टी बक्सभित्र नै ब्याक पास दिएपछि झरनाले उक्त बल सहजै जाली चुमाइन्।
७९औं मिनेटमा अस्मिताले व्यक्तिगत दोस्रो गोल गर्दै बागमतीको अग्रता ४-० मा पुर्याइन्। त्यसको तीन मिनेटमै अस्मिताले ह्याट्रिक पूरा गरिन्।
निर्धारित ९० मिनेटको खेल सकिन केही मिनेट बाँकी रहँदा तुलचा बोहराले गोल फर्काएपनि त्यो सुदूरपश्चिमलाई पर्याप्त रहेन।