काठमाडौं। डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडका फरवार्ड केलियन एमबाप्पेले आफ्नो नयाँ क्लबका लागि ला लिगामा पहिलो गोल गर्नुले राहत मिलेको बताएका छन्।
फ्रान्सका कप्तानले आइतबार दोस्रो हाफमा दुई गोल गर्दै रियल बेटिसविरुद्ध २–० को जित दिलाएका थिए। नयाँ सिजनमा रियलकझो यो दोस्रो जित हो।
एमबाप्पेले भने, ‘म यहाँ आएदेखि नै खुसी छु। समर्थकहरूले मलाई यहाँ धेरै माया दिएका छन्। तीन खेलमा मैले गोल गर्न सकिनँ। केहीको लागि यो त्यही महत्त्वपूर्ण थिएन। क्लब, टोलीका साथीहरू र समर्थकहरू मेरो साथमा थिए। मलाई यो क्लबको लागि गोल गर्न हौसला प्रदान गर्दैछन्।’
लास पाल्माससँग बिहीबार १–१ गोलको बराबरी खेलेको घरेलु टोलीले खुट्टाको चोटका कारण मिडफिल्डर जुड बेलिङ्घमबिना नै बेटिसविरुद्ध अर्को सुस्त सुरुआत गरेको हो। ६७औं मिनेटमा फेडेरिको भाल्भर्डेको पासमा गोल गर्दै उनले टोलीलाई अग्रता दिलाए।
७५औं मिनेटमा भिनिसियस जुनियरलाई विपक्षी खेलाडीले फाउल गरेपछि रियलले पेनाल्टी पायो। उक्त पेनाल्टीमा एमबाप्पेले गोल गर्दै २–० को जित दिलाए।
‘म सान्टियागो बर्नाबेउमा गोल गर्न उत्सुक थिएँ, जुन विश्वकै उत्कृष्ट स्टेडियम हो। तर, सबैभन्दा महत्त्वपूर्ण कुरा विजय थियो,’ एमबाप्पेले भने।
रियलले सुरुका तीन खेलमध्ये दुईमा बराबरी खेलेको थियो भने दुई राउन्डअघि बर्नाबेउमा भालाडोलिडविरुद्ध जित निकालेको थियो। यो जितसँगै डिफेन्डिङ च्याम्पियन रियलले आठ अंक जोडेको छ। जुन बार्सिलोनाभन्दा चार अंक कम हो। बार्सिलोना सिजनको सुरुआतका लागि चारै खेल जित्ने एक मात्र टोली हो।
लास पाल्मासविरुद्धको खेलपछि जित्नैपर्ने दबाब थियो,’ एमबाप्पेले भने,‘यो कठिन खेल थियो, तर जित्यौं।’ रियलले बर्नाबेउमा खेलेका पछिल्ला पाँच लिगमा हार बेहोरेको छैन, जुन सन् १९९६ पछि पहिलोपल्ट हो।
लिगमा २६ घरेलु खेलमा अपराजित रहेको रियलले २२ मा जित र चारमा बराबरी खेलेको छ। सुरुका तीन खेलबाट पाँच अंक जोडेको रियलले सन् २०१९–२० यता लिगमा सबैभन्दा खराब सुरुआत गरेको थियो।