काठमाडौं। इङ्लिस प्रिमियर लिगका डिफेन्डरका लागि एर्लिङ हालान्डको प्रदर्शनले निकै चुनौतीपूर्ण बनाएको छ।
शनिबार वेस्ट ह्याम युनाइटेडविरुद्धको खेलमा नर्वेजियन स्ट्राइकरको दोस्रो ह्याट्रिकले उनी अझै राम्रो भएको हुन सक्ने संकेत गरेको छ।
२४ वर्षीय नर्वेजियन खेलाडीले सिटीका लागि आफ्नो ११औं ह्याट्रिक गर्दै च्याम्पियन्स लिगको उपाधि रक्षाका लागि उत्कृष्ट सुरुआत गरेका छ। यस सिजन प्रिमियर लिगका तीन खेलमा उनले गोल संख्या सातौं पुर्याइसकेका छन्।
हालान्डले गत सिजन २७ गोल गर्दै लिगको सर्वाधिक गोलकर्ता रहेका थिए। अहिले उनी अझ विध्वंसकारी खेलाडी भएको पेप ग्वार्डिओला बताउँछन्। प्रिमियर लिगमा ६९औं खेलमा ७०औं गोल गरेका हालान्डले आराम गर्दा फाइदा महसुस भइरहेको बताए ।
‘म राम्रो र ऊर्जावान महसुस गर्छु। मेरो लामो छुट्टी थियो। मेरो शरीर र खुट्टामा केही आराम मिलेको छ । अब म थप गोल गर्न तयार छु,’ हालान्डले भने।