काठमाडौं। सुरुआती अग्रता जोगाउन नसक्दा आर्सनल इङ्लिस प्रिमियर लिगमा ब्राइटनसँग बराबरीमा रोकिएको छ।
इमिरेट्स रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली ब्राइटनसँग १–१ को बराबरीमा रोकिएको हो। बराबरीसँगै तीन खेलमा सात अंक जोडेको ब्राइटन शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट सात अंक नै रहेको आर्सनल दोस्रो स्थानमा छ।
आर्सनलका लागि काइ हाभर्टज र ब्राइटनका लागि जोआओ पेड्रोले गोल गरे। हाभर्टजले ३८औं मिनेटमा आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए।
तर, त्यसको ११ मिनेटपछि डेक्लान राइसले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि आर्सनल १० खेलाडीमा समेटियो। त्यसको फाइदा उठाउँदै पेड्रोले ५८औं मिनेटमा ब्राइटनलाई बराबरीमा ल्याए।