काठमाडौं। कोशी प्रदेश र वालिङ नगरपालिका आइतबारदेखि सुरु हुने एन्फा महिला लिगको उद्घाटन खेल खेल्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ(एन्फा) ले शनिबार पत्रकार सम्मेलन गर्दै आइतबारदेखि सुरु हुने लिगबारे जानकारी दिएको हो। यो खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा निशुल्क प्रवेश दिने भएको छ। लिगमा कुल १० टोलीले प्रतिस्पर्धा गर्दैछन्। तीन विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बागमती युथ क्लब, दुई स्थानीय निकाय वालिङ्ग नगरपालिका र चन्द्रपुर नगरपालिका, सुदूरपश्चिम र कर्णाली प्रदेशले चुनौती प्रस्तुत गर्नेछन्।
एन्फा महिला लिग छनोटचरणमा शीर्ष तीनमा रहॅंदै कोशी, सुदूरपश्चिम र कर्णाली एन्फा लिगका लागि छनोट भएका हुन्।