काठमाडौं। युरो कप २०२४ का स्टार खेलाडी लामिन यमल र निको विलियम्स नेसन्स लिगको उपाधि रक्षाका लागि स्पेनको टोलीमा फर्किएका छन्।
प्रशिक्षक लुइस डे ला फुएन्टेले प्रतियोगिताको पहिलो दुई खेलका लागि शुक्रबार आफ्नो टोलीको घोषणा गरेका हुन्। टोलीमा उनले जुलाईमा स्पेनलाई युरो कप जिताएका यामल र विलियम्सलाई पनि स्थान दिएका हुन्।
स्पेनले सेप्टेम्बर ५ मा सर्बिया र सेप्टेम्बर ८ मा स्विट्जरल्यान्डको भ्रमण गर्दै नेसन्स लिग सुरु गर्नेछ। टोलीमा सेल्टा भिगोका राइट ब्याक ओस्कार मिन्गुएजा र भ्यालेन्सियाका मिडफिल्डर पेपेलु पनि अटाएका छन्। डे अल फुएन्टेले युरो कप खेल्ने टोलीमा एलेक्स गार्सिया, पाउ टोरेस, येरेमी पिनो र रोबर्ट सान्चेजलाई राखेका थिएनन्। यद्यपि, यी दुई खेलमा भने उनीहरूलाई टोलीमा राखिएको छ।
गत वर्षको नेसन्स लिग फाइनलका नायक तथा पहिलो रोजाइका गोलकिपर उनाई सिमोन र स्ट्राइकर अल्भारो मोराटा चोटका कारण अनुपस्थित छन्। स्पेनले फुटबलमा प्रभावशाली प्रदर्शन गरिरहेको छ। युवा पुरुष टोलीले ओलम्पिकमा स्वर्ण र महिला खेलाडीले सन् २०२३ को विश्वकप जितेका छन्।
स्पेनको टोली:
गोलकिपरः डेभिड राया (आर्सनल), एलेक्स रेमिरो (रियाल सोसिडाड), रोबर्ट सान्चेज (चेल्सी)
डिफेन्डरः मार्क कुकरेल्ला (चेल्सी), डानी कार्भाजल (रियल मड्रिड), ओस्कार मिन्गुएजा (सेल्टा भिगो), रोबिन ले नोर्मान्ड (एट्लेटिको मड्रिड), डानी भिभियन (एथलेटिक बिलबाओ), आइमेरिक लापोर्टे (अल नासर), पाउ टोरेस (एस्टन भिल्ला), अलेजान्ड्रो ग्रिमाल्डो (बायर लेभरकुजेन)
मिडफिल्डरः रोड्री (म्यानचेस्टर सिटी), मार्टिन जुबिमेन्डी (रियल सोसिडाड), पेपेलु (भ्यालेन्सिया), फाबियन रुइज (पेरिस सेन्ट जर्मेन), एलिक्स गार्सिया (बायर लेभरकुजेन), डानी ओल्मो (बार्सिलोना), पेड्रि (बार्सिलोना)
फरवार्डः लामिन यामाल (बार्सिलोना), फेरान टोरेस (बार्सिलोना), निको विलियम्स (एथलेटिक बिलबाओ), येरेमी पिनो (भिल्लारियल), अयोज पेरेज (भिल्लारियल), मिकेल ओयार्जाबल (रियाल सोसिडाड), जोसेलु माटो (अल घराफा)