काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आन्दोलनरत चार जिल्ला फुटबल संघले लगाएको भ्रष्ट्राचारको आरोप निराधार रहेको दाबी गरेको छ ।
एन्फाले शुक्रबार पत्रकार सम्मेलन गर्दै चार जिल्लाले लगाएको अनियमितता र भ्रष्ट्राचार आरोप निराधार रहेको बताएको हो ।
'४ जिल्लाका साथीहरुले १४ आरोप हामीलाई लगाएका छन् । जुन आरोप आधारहिन रहेको छ,' पत्रकार सम्मेलनमा बोल्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, 'उहाहरुले भ्रष्ट्राचार भएको प्रमाण दिएको छैन । नाम भन्न सक्नु भएको छैन ।'
यसअघि एन्फा अन्तर्गतको काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले निर्वाचनको क्रममा भ्रष्ट्राचार भएको आरोप लगाएको थियो । यस्तै प्रमाणस्वरूप चार जिल्लाले अडियो टेप समत सार्वजनिक गरेको थियो ।
यस्तै अध्यक्ष शेर्पाले भ्रष्ट्राचारको आरोपमा सरकार र एएफसीले छानबिन गरे पूर्ण समर्थन गर्ने बताए ।
'जुन आरोपहरु छ यस बिषयमा छानबिन हुनु पर्छ । यस बिषयमा छानबिन समिति बनोस् । अख्तियार, मन्त्रालय र एएफसीले छानबिन गरे हामीलाई कुनै आपत्ती छैन । त्यसलाई सहयोग गर्छौ,' अध्यक्ष शेर्पा भने ।