काठमाडौं। नेपाल प्रिमियर लिग ८ फ्रेन्चाइजको सहभागिता रहने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म लिग काठमाडौंमा हुनेछ।
लिगमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमले सहभागिता जनाउने क्यान प्रवक्ता छुम्बी लामाले जानकारी दिए।