एजेन्सी । घरेलु टोली अष्ट्रेलियाले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतलाई जितका लागि २३१ रनको लक्ष्य दिएको छ ।
मेलबर्नमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४८ ओभर ४ बलमा अलआउट हुँदै २३० रन बनाउन सक्यो । अष्ट्रेलियाका लागि पिटर ह्यान्ड्सकम्पले ५८ रन जोडे । यस्तै शन मार्शले ३९ तथा उस्मान ख्वाजाले ३४ रन बनाए ।
अष्ट्रेलियालाई सस्तैमा समेट्न भारतका लागि युजभेन्द्र चाहल एक्लैले ६ विकेट लिए । यस्तै भुवनेश्वर कुमार र मोहमद सामीले २/२ विकेट लिए ।
दुई टोलीबीच तीन खेलको सिरिज १ - १ को बराबरीमा रहेको छ । घरेलु टोली अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिज भने भारतले जितिसकेको छ ।