काठमाडौं। इङ्ल्यान्डका ब्याट्सम्यान जो रुटले श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा शतक प्रहार गरेका छन्। रुटको करियरको यो ३३ औं शतक हो।
उनले ३३ शतक बनाएका इङ्ल्यान्डका महान खेलाडी एलिस्टर कुकको कीर्तिमानी बराबरी गरेका छन्। योसँगै रुटले आफ्ना प्रतिद्वन्द्वी स्टिभ स्मिथ (३२ शतक) लाई पनि पछि पारेका छन्।
पहिलो १० ओभरमा डेनियल लरेन्स र कप्तान ओली पोपको विकेट गुमाएपछि रुटले शतक प्रहार गरेका हुन्। रुटले २ सय ६ बलमा १८ चौकाको मद्दतमा १ सय ४३ रन बनाए। योसँगै इङ्ल्यान्डले २ सय ५० रनको योगफल पार गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो दिनको खेल सकिँदासम्म ७ विकेट गुमाएर ३५८ रन बनाएको छ। गस एटकिन्सन ७४ रनमा अविजित रहे।
पहिलो टेस्टमा श्रीलंकाका कप्तान धनञ्जय डी सिल्भाले टस जितेर पहिले ब्याटिङ रोजेका थिए। धनन्जयको ७४ र मिलानको ७२ रनको मद्दतमा २ सय ३६ रन बनाए। म्याथ्युजको ६५, चण्डीमलको ७९ र कुमाण्डु मेन्डिसको ११३ रनको मद्दतमा श्रीलंकाले दोस्रो इनिङ्समा ३२६ रन बनायो। तर, इङ्ल्यान्डले जो रुटको ६२, जेमी स्मिथको ३९ रनको मद्दतमा दोस्रो इनिङमा २०५ रनको लक्ष्य भेट्टायो।