काठमाडौं। १० महिनाको प्रतिबन्धपछि सान्ड्रो टोनालीले इटालीको टोलीमा पुनरागमन गरेका छन्।
प्रशिक्षक लुसियानो स्पालेट्टीले फ्रान्स र इजरायलविरुद्धको नेसन्स लिग खेलका लागि उनलाई टोलीमा बोलाएका हुन्। टोनाली हालै न्युक्यासलमा फर्किएका छन्।
एसी मिलान र ब्रेसियामा सट्टेबाजी गरेको आरोपमा इटालियन फुटबल फेडेरेसनले उनलाई एक वर्षअघि प्रतिबन्ध लगाएको थियो ।
लेस्टरका डिफेन्डर कालेब ओकोली र एटलान्टाका मिडफिल्डर मार्को ब्रेसियानीलाई पनि पहिलो पटक टोलीमा समावेश गरिएको छ।
इटालीले आगामी शुक्रबार फ्रान्सको भ्रमण गर्नेछ र त्यसको तीन दिनपछि बुडापेस्टमा इजरायलको सामना गर्नेछ। इटाली दुई महिनाअघि युरो कप २०२४ को अन्तिम १६ मा स्विट्जरल्यान्डसँग पराजित भएको थियो। टोनालीले आफ्नो प्रतिबन्धका कारण प्रतियोगिता गुमाएका थिए।
सट्टेबाजीका कारण प्रतिबन्धमा परेका युभेन्टसका मिडफिल्डर निकोलो फागियोली युरो कपमा फर्किएका थिए। उनी टोलीमा यथावत् छन्।
इटालीको टोली :
गोलकिपर : जियानलुइगी डोनारुम्मा (पेरिस सेन्ट जर्मेन), एलेक्स मेरेट (नापोली), गुग्लिल्मो भिकारियो (टोटनह्याम)
डिफेन्डरः एलेसान्द्रो बास्टोनी (इन्टर मिलान), राउल बेलानोभा (एटलान्टा), एलेसेन्ड्रो बुओन्जियोर्नो (नेपोली), रिकार्डो कालाफियोरी (आर्सनल), एन्ड्रिया क्याम्बियासो (युभेन्ट्स), जियोभान्नी डि लोरेन्जो (नापोली), फेडेरिको डिमार्को (इन्टर मिलान), फेडेरिको गाट्टी (युभेन्ट्स), कालेब ओकोली (लेस्टर), डेस्टिनी उडोगी (टोटनह्याम)
मिडफिल्डरः मार्को ब्रेसियानिनी (एटलान्टा), निकोलो फागियोली (युभेन्ट्स), डेभिड फ्रेटेसी (इन्टर मिलान), लोरेन्जो पेलेग्रिनी (रोमा), स्यामुएल रिक्की (टोरिनो), सान्ड्रो टोनाली (न्युक्यासल)
फरवार्डः मोइस केन (फियोरेन्टिना), जियाकोमो रसपाडोरी (नापोली), माटेओ रेटेगुइ (एटलान्टा), माटिया जाकाग्नी (लाजियो)