काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई प्रोत्साहनस्वरूप कारबाट पुरस्कृत गर्ने गर्ने भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार र बिहीबार बसेको बैठकले वर्षमा एक महिला र पुरुष उत्कृष्ट खेलाडी घोषणा गर्दै प्रोत्साहनस्वरूप कार दिने निर्णय गरेको हो।
यस्तै, उत्कृष्ट रेफ्रि र प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिइने भएको छ। साथै मोटरसाइकल र स्कुटर पनि दिइने एन्फाले जनाएको छ। लाइफ टाइम एचिभमेन्ट अवार्ड पाँच लाख रुपैयाँ र मोटरसाइकल तथा स्कुटरबाट पुरस्कृत गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ । उत्कृष्ट खेलाडी, रेफ्री तथा प्रशिक्षक छनोट गर्न पुरुषोत्तम थापाको संयोजकत्वमा तीन सदस्सीय समिति बनाइएको छ। उक्त समितिमा पूर्वखेलाडी हरि खड्का र सञ्जीव मिश्र छन्।