काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का महसचिव किरण राईको तलब तलब दुई हजार अमेरिकी डलर ( दुई लाख ६९ हजार २६० रुपैयाँ) पुर्याइएको छ।
मंगलबार र बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णाय गरेको हो। अध्यक्ष पंकजबिक्रम नेम्वाङले एजेन्डा नम्बर आठमा कर्मचारीको सेवा सुविधा राखेका हुन्। त्यही एजेन्डामा छलफल हुँदा महसचिवको तलब दुई हजार अमेरिकी डलर पुर्याउने प्रस्ताव राखेका हुन्।
केही सदस्यको असन्तुष्टिका बावजुद यो प्रस्ताव बहुमतले पारित भएको छ। यसअघि महासचिव राईको मासिक तलब एक लाख २० हजार रुपैयाँ थियो। पहिलाको तुलनामा उनको तलब एक लाख ४९ हजार २६० रुपैयाँ बढेको हो।
बैठकले राष्ट्रिय खेलाडीको मासिक तलब १२ हजार बढाएर ३० हजार रुपैयाँ बनाइएको छ। यसअघि खेलाडीले १८ हजार रुपैयाँब मासिक तलब पाउँदै आएका थिए। यो निर्णय भने सर्वसम्मतले पारित भएको छ।
(बिहीबारको विनियम दरअनुसार एक डलर बराबर १३४.६३ नेपाली रुपैयाँ कायम गरिएको छ।)