काठमाडौं। जोनास होफम्यानको गोलसँगै बायर लेभरकुजेनले जर्मन कप उपाधि रक्षा सुरुआत गरेको छ।
लेभरकुजेनले चौथो श्रेणीको टोली कार्ल जेइस जेनामाथि १–० को जित हासिल गरेको हो। लेभरकुजेनको केही आक्रमक प्रयासलाई जेनाले निस्तेज पारेको थियो।
डिफेन्डिङ जर्मन कप र बुन्डेसलिगा च्याम्पियन लेभरकुजेनले प्रभावशाली ग्रानिट जाका, एलेक्स ग्रिमाल्डो, फ्लोरियन विर्ट्ज र जेरेमी फ्रिम्पोङलाई बेन्चमा राखेर सुरुआत गरेको थियो।
५२औं मिनेटमा होफम्यानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। यो गोल नै खेलमा निर्णायक साबित भयो।