काठमाडौं। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु-२० च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध फाइनलमा एक परिवर्तन गरेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल र बंगलादेश उपाधिका लागि भिड्दैछन्। नेपालले भुटान र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
नेपालको गोलपोस्ट जियारथ शेखले सम्हाल्नेछन्। राम थापा, सविन घिमिरे, सीमान्त थापा र अश्विन घोरासैनीले रक्षात्मक लाइन सम्हालेका छन्।
कप्तान कुशल देउवा, अविनाश स्याङ्तान र लछु थापालाई मिडफिल्डरको भूमिका दिइएको छ। विंगर अनिल बम्जमलाई आराम दिइएको छ। समीर तामाङ र नीराजन धामीसँगै नीरज कार्कीले आक्रमणको जिम्मेवारी पाएका छन्।