एजेन्सी । लिभरपुलका डिफेन्डर एन्डी रोबर्टसन सन् २०२४ सम्म क्लबमै रहने भएका छन् । रोबर्टसनले क्लबसंगको सम्झौतामा नवीकरण गरेका छन् ।
स्कटल्याण्डका २४ बर्षीय कप्तान रोबर्टसन सन् २०१७ मा हल सिटीबाट लिभरपुल आएका थिए । रोबर्टसनले लिभरपुलबाट ५६ खेल खेलेका छन् ।
प्रिमियर लिगमा यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुल शीर्ष स्थानमा रहेको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि ४ अंकको अग्रता राखेको छ ।