काठमाडौं। म्यानचेस्टर सिटीका पोर्चुगलका डिफेन्डर जोआओ क्यान्सेलो साउदी अरबको क्लब अल हिलालमा आबद्ध भएका छन्।
सन् २०१८–१९ मा युभेन्टससँग उनले सिरी ‘ए’ को उपाधि जितेका थिए। त्यसपछि सन् २०२१ देखि २०२३ सम्म लगातार उनले तीनपल्ट प्रिमियर लिगको उपाधि जिते।
बुन्डेसलिगामा बायर्न म्युनिखबाट आधा वर्ष लोनमा बिताएका उनले गत सिजन ला लिगाको क्लब बार्सिलोनामा पुगेका थिए। त्यहाँ पनि उनले लोनमा खेले।
सन् २०१६ को अगस्टमा जिब्राल्टरमाथि ५–० को मैत्रीपूर्ण जित निकाल्दा ३० वर्षीय क्यान्सेलोले पोर्चुगलको टोलीमा डेब्यु गरेका थिए। उनले आफ्नो देशको प्रतिनिधित्व ५० भन्दा बढी पटक गरिसकेका छन्।