काठमाडौं। भारतीय पूर्वफास्ट बलर जहीर खान इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज लखनऊ सुपर जाइन्ट्सको मेन्टर बन्न तयार छन्।
जहीर यसअघि मुम्बई इन्डियन्समा क्रिकेट निर्देशक थिए। त्यसअघि उनी २०१८ देखि २०२२ सम्म ग्लोबल क्रिकेट डेभलपमेन्ट प्रोग्राम प्रमुख थिए।
जहीर मुम्बई, रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली डेयरडेभिल्सबाट आइपिएल खेलेका थिए। ७.५८ को इकोनोनीमा उनले १०० खेलमा १०२ विकेट लिए। उनले आगामी रिटेन्सन र मेगा अक्सन प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
मोर्ने मोर्केल अब भारतीय टोलीको बलिङ प्रशिक्षक बनेका छन् । त्यसैले लखनऊलाई अहिले बलिङ प्रशिक्षक आवश्यकता छ। मेन्टरबाहेक जहीर बलिङ प्रशिक्षक बन्ने या नबन्ने स्पष्ट भएको छैन ।
हाल टोलीको मुख्य प्रशिक्षकमा जस्टिन ल्याङ्गर र दुई सहायक प्रशिक्षकमा लान्स क्लुजनर र एडम भोग्स छन्।