काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले भ्यालेन्सियाका गोलकिपर जियोर्जी मामारदश्विलीलाई अनुबन्ध गर्ने भएको छ। उनी अर्को सिजनअघि एनफिल्ड जाने भएका छन्।
२३ वर्षीय मामारदश्विलीले यस सिजन भ्यालेन्सियाबाटै ला लिगा खेल्नेछन्। उनले अहिलेसम्म भ्यालेन्सियाबाट १०२ खेल खेलेका छन्।
बेलायती सञ्चारमाध्यमका अनुसार यो सम्झौता करिब तीन करोड पाउन्ड (तीन करोड ९७ लाख ७० हजार अमेरिकी डलर) मा गरिएको छ।
मामार्दश्विलीले प्रभावशाली प्रदर्शन गर्दै जर्जियालाई युरो कप २०२४ को अन्तिम १६ मा पुर्याएका थिए। उनले समूहचरणका तीन खेलमा २१ बचाउ गरेका थिए। जुन आफैंमा एक इतिहास हो।