काठमाडौं। विभागीय टोली एपिएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगको दोस्रो खेलमा बुधबार साउदी अरबको सवा एफसीसँग प्रतिस्पर्धा गर्दैछ।
एसियाली फुटबल महासंघ (एएफसी)ले नयाँ स्वरूपमा पहिलोपल्ट महिला च्याम्पियन्स लिग आयोजना गरेको हो। खेल मलेसियाको लिकास मैदानमा हुनेछ।
समूह ‘सी’ रहेको पहिलो खेलमा एपिएफ उज्वेकिस्तानको पिएफसी नासाफसँग १–० ले पराजित भएको थियो। नासाफको जितमा लिली निबरले गरेको गोल नै निर्णायक बन्यो। उनले ४९औं मिनेटमा गोल गरेकी थिइन्। अर्को चरणमा पुग्न एपिएफलाई जितको विकल्प हुनेछैन। त्यसैले एपिएफ लयमा फर्किने प्रयासमा हुनेछ।
एएफसीका अनुसार प्रारम्भिक चरणमा १३ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा एक समूह ‘ए’ मा चार र अन्य तीन समूहमा तीन टोली छन्।