काठमाडौं। बंगलादेशले टेस्ट क्रिकेटको इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराएको छ।
रावलपिण्डीमा भएको २ टेस्ट म्याचको सिरिजको पहिलो खेलमा बंगलादेश १० विकेटले विजयी भएको हो। यसअघि दुवै टोली १४ पटक आमनेसामने भएका थिए। जसमध्ये पाकिस्तानले १२ पटक जितेको थियो। एक बराबरी र एक खेल रद्द भएको थियो ।
आइतबारको खेलमा पाकिस्तानले आफ्नो दोस्रो इनिङ्समा २३/१ बनाएको थियो र १४६ रनमा अलआउट भयो। यसरी बंगलादेशले जितका लागि ३० रनको लक्ष्य पाएको थियो। जसलाई बंगलादेशी ओपनरले सजिलै हासिल गरे।
विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले ५१ रनको इनिङ्स खेले। ओपनर अब्दुल्लाह शफिक ३७ र बाबर आजम २२ रन बनाएर आउट भए।
बंगलादेशका लागि मेहदी हसन मिराजले ४ विकेट लिए। शाकिब अल हसनले ३ विकेट लिए। बंगलादेशको टोली पहिलो इनिङ्समा ५६५ रनमा अलआउट भएको थियो। पाकिस्तानले पहिलो इनिङ्स ४४८/६ रन बनाएर अन्त्य भएको घोषणा गरेको थियो।