काठमाडौं। घरेलु टोली नेपालले साफ यु–२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलको पहिलो हाफ भुटानसँग गोलरहित बराबरी खेलेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल जारी छ।
समूह ‘बी’ को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको हो।
नेपालले श्रीलंकालाई १–० र बंगलादेशलाई २–१ ले पराजित गर्दै ६ अंक जोड्यो। बंगलादेशले भने श्रीलंकालाई २–० ले हराउन सफल भयो। साबिक उपविजेता बंगलादेश समूह चरणमा तीन अंकमै खुम्चियो। अर्को टोली श्रीलंका भने अंकविहीन हुँदै घर फर्किसकेको छ।
यद्यपि, समूह ‘बी’ मा भने भारत विजेता बन्यो। भारत ६ अंकसहित शीर्ष स्थानमा रह्यो। भुटान तीन अंकसहित समूह उपविजेता बन्यो। माल्दिभ्सले भने अंकविहीन रह्यो।