काठमाडौं। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु-२० च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्धको खेलमा पहिलो रोजाइका खेलाडीलाई नै मैदान उतारेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल र भुटान फाइनल प्रवेशका लागि भिड्दैछन्। नेपालले श्रीलंका र बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।
भारतसँग पराजित भएको भुटानले माल्दिभ्सलाई पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो। नेपालको गोलपोस्ट जियारथ शेखले सम्हाल्नेछन्। राम थापा, सविन घिमिरे, सीमान्त थापा र अश्विन घोरासैनीले रक्षात्मक लाइन सम्हालेका छन्।
कप्तान कुशल देउवा, अविनाश स्याङ्तान र अनिल बम्जनलाई मिडफिल्डरको भूमिका दिइएको छ। नेपाललाई अन्तिम चारमा पुर्याउन समान एक गोल गरेका समीर तामाङ र नीराजन धामीसँगै नीरज कार्कीले आक्रमणको जिम्मेवारी पाएका छन्।