काठमाडौं। नयाँ प्रशिक्षक नुरी साहिनको नेतृत्वमा बोरुसिया डर्टमन्डले सिजनको पहिलो खेलमा इन्ट्राच्ट फ्रान्कफर्टमाथि २–० को जित निकालेको छ।
दुवै गोल जेमी गिटेन्सले गरेका हुन्। डर्टमन्डका समर्थकहरूले जर्मन हतियार निर्माता कम्पनीसँग क्लबले प्रायोजन सम्झौता गरेको भन्दै विरोध प्रदर्शन गरेका थिए।
खेलको ७१औं मिनेटमा फ्रान्कफर्टका फारेस चाइबीले ठूलो अवसर पाए पनि निल्स नकोन्कोउको क्रसलाई गोलमा परिणत गर्न सकेनन्।
त्यसको एक मिनेटपछि गिटेन्सले पेनाल्टी बक्सको बायाँपट्टि रहेका डिफेन्डरलाई छक्याउँदै क्रसबारमुनिबाट प्रहार गरेको बललाई गोलमा परिणत गरे।
२० वर्षीय विंगरले इन्जुरी समयको तेस्रो मिनेटमा काउन्टर अट्याकमा जित सुनिश्चित गरे। उनले भने, ‘कुनै पनि प्रक्रियामा सहयोग पुर्याउन विजय निकै महत्त्वपूर्ण हुन्छ । यो खेल राम्रो रह्यो,’ प्रशिक्षक साहिनले भने। उनको टोलीले गत हप्ता चौथो श्रेणीको टोली फोनिक्स लुबेकलाई ४-१ ले पराजित गर्दै जर्मन कपको यात्रा सुरुआत गरेको थियो।