काठमाडौं। मिडफिल्डर जुड बेलिङ्घम घाइते भएका छन्। उनको दाहिने खुट्टाको मांसपेशीमा चोट लागेको स्पेनिस क्लब रियल मड्रिडले शुक्रबार जनाएको छ।
रियलले इङ्ल्यान्डका मिडफिल्डरले कति खेल गुमाउने छन् भन्नेबारे केही बताएको छैन। तर, मिडिया रिपोर्टमा उनी एक महिनासम्म मैदानबाहिर रहन सक्ने बताइएको छ।
रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘उनले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए। हामी उनको चोटको मूल्यांकन गरिरहेका छौं।’ स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा मालोर्कासँग १–१ गोलको बराबरी खेलेको रियलले भालाडोलिडलाई पराजित गर्दै लय समात्ने लक्ष्य राखेको छ।