काठमाडौं। पाल्मेरासका १७ वर्षीय स्ट्राइकर एस्टेभोलाई ब्राजिलको राष्ट्रिय टोलीमा पहिलोपल्ट बोलाइएको छ। उनी अर्को वर्ष पाल्मेरासबाट प्रिमियर लिग क्लब चेल्सीमा आबद्ध हुन लागेका छन्। उनलाई प्रशिक्षक डोरिभल जुनियरले आगामी विश्वकप छनोटका लागि ब्राजिलको राष्ट्रिय टोलीमा बोलाएका हुन्।
भेट्रान फरवार्ड नेयमार गत वर्ष एसीएलको चोटबाट निको हुँदै टोलीमा अटाउन सकेनन्। तर, एस्टेभोलाई केहीले ब्राजिलको अर्को ठूलो स्टार बन्न सक्ने खेलाडीको रूपमा लिएका छन्। उनले सेप्टेम्बर ६ मा इक्वेडरविरुद्ध राष्ट्रिय टोलीमा डेब्यु गर्न सक्छन्। त्यसको चार दिनपछि ब्राजिलले पाराग्वेको यात्रा तय गर्नेछ। दक्षिण अमेरिकी छनोटमा ब्राजिल ६ खेलपछि छैटौं स्थानमा छ।
एस्टेभोले यस वर्ष ब्राजिलका १९ लिग खेलमा पाँच गोल गर्नुका साथै पाँच असिस्ट थपेका छन्। वर्षको सुरुमा ब्राजिलको प्रशिक्षकको जिम्मेवारी सम्हालेका जुनियरले यस समरको कोपा अमेरिका प्रतियोगितामा ब्राजिलको टोलीमा रहेका आठ खेलाडीलाई बाहिर राखेका थिए। उनको टोली उरुग्वेसँग पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो।
ब्राजिलको टोली
गोलकिपर : एलिसन (लिभरपुल), बेन्टो (अल नासर), एडरसन (म्यानचेस्टर सिटी)
डिफेन्डरः डानिलो (युभेन्टस), यान काउटो (बोरुसिया डर्टमन्ड), गुइलेर्मे अराना (एट्लेटिको मिनिरो), वेन्डेल (पोर्टो), बेराल्डो, मार्क्विनहोस (पेरिस सेन्ट जर्मेन), एडर मिलिटाओ (रियल मड्रिड), ग्याब्रियल म्यागाल्हेस (आर्सनल)
मिडफिल्डरः आन्द्रे (फ्लुमिनेन्स), ब्रुनो गुइमारेस (न्युक्यासल), गेर्सन (फ्लामेन्गो), जोआओ गोम्स (वोल्भरह्याम्पटन), लुकास पाक्वेटा (वेस्ट ह्याम)
स्ट्राइकर; रोड्रिगो (रियल मड्रिड), एन्ड्रिक (रियल मड्रिड), भिनिसियस जुनियर (रियल मड्रिड), एस्टेभो (पाल्मेरास), लुइज हेनरिक (बोटाफोगो), पेड्रो (फ्लामेन्गो), साभिन्हो (म्यानचेस्टर सिटी)