काठमाडौं। डिफेन्डिङ बुन्डेसलिगा च्याम्पियन बायर लेभरकुजेनको गज्जबको विषेशता छ। त्यो हो, ढिलो गोल।
जर्मन लिग सिजनको पहिलो खेलमा पनि त्यस्तै ‘ट्विस्ट’ देखियो। बोरुसिया मोन्चेनग्लाडबाखविरुद्ध लेभरकुजेनले सुरुआती दुई गोलको अग्रता गुमाएको थियो। तर, इन्जुरी समयको ११औं मिनेटमा गर्दै लेभरकुजेनले ३–२ को जितसहित उपाधि रक्षा सुरु गरेको छ।
जाबी अलोन्सोको टोली गत सिजन लिग र जर्मन कप दुवैमा अपराजित रह्यो। यी यात्रा तय गर्दा लेभरकुजेनले धेरै ढिलो गोल र पुनरागमन जारी रह्यो। शुक्रबार राति बोरुसिया पार्कमा उही सिलसिला जारी रह्यो। फ्लोरियन विर्ट्जले प्रहार गरेको पेनाल्टीलाई विपक्षी गोलकिपरले बचाएपनि रिबाउन्डमा आएको बललाई उनले गोलमा परिणत गर्दै जित सुनिश्चित गरे।
१२औं मिनेटमा ग्रानिट जाकाले २५ यार्डबाट बललाई जाली चुमाउँदै लेभरकुजेनलाई सुरुआती अग्रता दिलाएका थिए। ३८औं मिनेटमा विर्ट्जले अग्रता २–० मा पुर्याए। त्यसपछि लेभरकुसेनले दुई गोल खायो भने बोरुसियाले हाफटाइमअघि भिडियो रिभ्युमा गोलको मान्यता नपाउँदा खेलमा फर्किने अवसर गुमाएको थियो।
तर, निको एल्भेडीले ५९औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई २–१ मा ल्याए। टिम क्लेनडिएन्स्टले ८५औं मिनेटमा गोल गरेपछि बोरुसिया खेलमा फर्किएको थियो।
तर, लेभरकुजेन अंक गुमाउनेवाला थिएन। इन्जुरी समयमा फाउल गरेको भन्दै पाहुना टोलीलाई पेनाल्टी दिइएको थियो। गोलकिपर जोनास ओमलिनले विर्ट्जको स्पट किक बचाए पनि। तर, गत सिजनका बुन्डेसलिगा प्लेयर अफ द इयरले रिबाउन्डमा प्रहार गरको बल भने उनले बचाउन सकेनन्।