काठमाडौं। इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले सन् २०२६ मा भारत र इङ्ल्यान्डबीचको महिला टेस्ट लर्ड्सको ऐतिहासिक मैदानमा आयोजना गर्ने घोषणा गरेको छ। यो मैदानमा पहिलो पटक यी दुई टोलीबीच टेस्ट म्याच हुन लागेको हो।
ईसीबीले आफ्नो वेबसाइटमा भनेको छ, जुलाई २०२५ मा भारत र इङ्ल्यान्डबीचको तीन खेलको एकदिवसीय सिरिजपछि भारतीय टोलीले एक मात्र टेस्ट खेल्नेछ।
भारतले आगामी जुन २८ देखि जुलाई १२ सम्म पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। त्यसपछि भारतले जुलाई १६ (साउथह्याम्पटन), जुलाई १९ (लन्डन) र जुलाई २२ (चेस्टर–ले–स्ट्रिट) मा तीन एकदिवसीय खेल खेल्नेछ।
इङ्ल्यान्डले विगत तीन वर्षदेखि लर्ड्समा सेतो बलको खेल खेल्दै आएको छ र अर्को खेल अर्को वर्ष हुनेछ। भारतले गत वर्ष डिसेम्बरमा इङ्ल्यान्ड र अस्ट्रेलियाविरुद्ध घरेलु भूमिमा खेलेको र यस वर्षको जुन–जुलाईमा दक्षिण अफ्रिकाविरुद्ध खेलेको टेस्ट म्याच जितेको थियो। भारतले पछिल्लो पटक सन् २०२१ मा ब्रिस्टलमा इङ्ल्यान्डमा टेस्ट म्याच खेलेको थियो। उक्त खेल बराबरीमा टुंगिएको थियो।