काठमाडौं। रोहित शर्माले सन् २००७ मा आइसिसी ट्वान्टी–२० विश्वकप जितेर आफ्नो करियर सुरु गरेका थिए। अन्ततः सन् २०२४ को ट्वान्टी–२० विश्वकप जितेर उनले आफ्नो करियर अन्त्य गरे।
रोहित इन्डियन प्रिमियर लिग (आइपिएल)का सबैभन्दा सफल कप्तानमध्ये एक हुन्। उनको कप्तानीमा मुम्बई इन्डियन्सले पाँचल्ट उपाधि जितेको छ। उनले आफ्नो कप्तानीमा एसिया कप पनि जितेका छन्। अब उनको योजना भारतलाई विश्व टेस्ट च्याम्पियनसिप र च्याम्पियन्स ट्रफी जिताउने छ।
रोहितले भने, ‘मसँग पाँच आइपिएल ट्रफी जित्नुको कारण छ। म रोकिनेवाला छैन, किनभने खेल र कप जित्नुको स्वाद चाखिसकेको मान्छे कहिल्यै रोकिन चाहँदैन। हामी एक टोलीको रूपमा प्रयास गरिरहनेछौं। हामी भविष्यमा अझ राम्रो कुराहरूको लागि प्रयास गरिरहनेछौं।’
बिसिसिआईका सचिव जय शाहले यसअघि नै रोहितले एकदिवसीय फर्म्याटमा भारतको कप्तानी जारी राख्ने घोषणा गरिसकेका छन्। रोहितले सबै फर्म्याटमा भारतको सफलता राहुल द्रविड, अजित अगरकर र जय शाहजस्ता खेलाडीबाट प्रभावित भएको बताए।
‘यो टोली परिवर्तन गर्ने मेरो सपना थियो। मलाई जय शाह, राहुल द्रविड र छनोट समितिका अध्यक्ष अजित आगरकरले धेरै सहयोग गरे। मैले जे गरें त्यो गर्नु मेरो लागि धेरै महत्त्वपूर्ण थियो,’ उनले भने।