काठमाडौं। रोमेलु लुकाकुलाई अनुबन्ध गर्ने विषयमा चेल्सीसँग वार्ता गर्न नापोलीका प्रतिनिधि लन्डन पुगेका छन्।
३१ वर्षीय स्ट्राइकरले दुई वर्षभन्दा बढी समयदेखि चेल्सीका लागि खेलेका छैनन् र उनी एन्जो मारेस्काको भविष्यको योजनाको हिस्सा पनि होइनन्। इन्टर मिलान र रोमामा यसअघि लोनमा बिताएका उनी अब लगातार तेस्रो सिजन सिरी ए मा फर्किन सक्नेछन् ।
नेपोलीले सोमबार आधिकारिक रूपमा लुकाकुलाई भित्र्याउने प्रस्ताव चेल्सीमा पठाएको थियो। तर, चेल्सीले उक्त प्रस्ताव स्वीकार गरेको छैन। लुकाकुसँग स्टामफोर्ड ब्रिजसँगको सम्झौताको दुई वर्ष बाँकी छ। चेल्सीले उनको ३६ मिलियन पाउन्ड रिलिज क्लज तोकेको छ।
लुकाकु नेपोली भएमा एन्टोनियो कोन्टेसँग पुनर्मिलन हुनेछन्। लुकाकुले सन् २०२०–२१ मा उनकै प्रशिक्षणमा सिरी ए जितेका थिए ।