काठमाडौं। रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले ला लिगा सिजनको पहिलो घरेलु खेल भालाडोलिडविरुद्ध खेल्दा आफ्नो टोलीबाट ठूलो सुधारको अपेक्षा गरेका छन्।
यसै खेलबाट केलियन एमबाप्पेले सान्टियागो बर्नाबेउमा डेब्यु गर्दैछन्। यो खेल आइतबार राति हुनेछ। मालोर्कासँग १–१ गोलको बराबरीमा रोकिएपछि एन्सेलोट्टीले भने, ‘हामीले अझ राम्रो प्रदर्शन गर्नुपर्छ।’
एमबाप्पे र रियलले मालोर्काविरुद्ध खराब प्रदर्शन गरेका थिए। गोलकिपर थिबाउट कोर्टोइसले एक अंक बचाउन दुई पटक आफ्नो उत्कृष्ट बचाउ गरे।
‘यो यस्तो खेल थियो, जुन हार्न सक्थ्यौं। किनभने हाम्रो टोलीमा सन्तुलन थिएन । हामी धेरै आक्रामक टोली हौं र रक्षात्मक सन्तुलन हाम्रो निर्माण गर्ने तरिकाको आधारभूत भाग हो,’ उनले भने।