काठमाडौं। विभागीय टोली एपिएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न मलेसिया प्रस्थान गरेको छ।
एसियाली फुटबल महासंघ (एएफसी)को ‘ड्र’ अनुसार एपिएफ समूह ‘सी’ रहेको छ। यो समूहमा एपिएफसँगै उज्वेकिस्तानको फुटबल क्लब नासाफ र मलेसियाको सबा फुटबल क्लब रहेको छ। प्रतियगितामा सहभागिता जनाउन टोली बिहीबार मलेसिया प्रस्थान गरेको हो।
एएफसीका अनुसार प्रारम्भिक चरणमा १३ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा एक समूह ‘ए’मा चार र अन्य तीन समूहमा तीन टोली रहेका छन्। एपिएफले पहिलो पटक महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न लागेको हो।