काठमाडौं। इङ्ल्यान्डका मिडफिल्डर कोनोर गालाघर एट्लेटिको मड्रिडमा अनुबन्ध भएका छन्। एक हप्ता लामो वार्तापछि उनी स्पेनिस क्लब पुगेका हुन्।
गालाघरले एट्लेटिकोसँग ३६ मिलियन पाउण्ड (४७ मिलियन अमेरिकी डलर) मा पाँच वर्षको सम्झौता गरेका छन्। चेल्सीले गत सिजन क्लबलाई प्रिमियर लिगको वित्तीय आवश्यकताहरू पूरा गर्न टोलीका उपकप्तान गालाघरलाई बेच्न चाहेको थियो। जुन हालका सिजनहरूमा अधिक कडाईका साथ लागू भइरहेको छ।
गालाघरले हालैको युरो कप २०२४ मा इङ्ल्यान्डका लागि खेलेका थिए। गत सिजन चेल्सीका उत्कृष्ट खेलाडीमध्ये एक थिए। उनले क्लबका लागि ९५ खेलमा १० गोल गरेका छन्। उनी चेल्सी एकेडेमी कै उत्पादन हुन्। उनी ६ वर्षको उमेरमा चेल्सी एकेडेमी पुगेका थिए।