काठमाडौं । त्रिभुवन आर्मी क्लब विरगंजमा जारी दोस्रो संस्करणको टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको सेमिफाइनलमा झापा-११ लाई ६ - १ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
नारायणी रंगशालामा भएको खेलमा आर्मीलाई जित दिलाउन टेक बहादुर बुढाथोकी र सन्तोष तामाङले २/२ गोल गरे । यस्तै विवेक बस्नेतले १ गोल गरे । झापाका लक्ष्मण भेगाले आत्मघाती गोल गर्दा असिस चापागाईले एक गोल फर्काए ।
अब आर्मीले उपाधिका लागि हिमालयन शेर्पासंग खेल्ने छ ।
पूर्व राष्ट्रिय फुटबल खेलाडी स्वर्गीय विशालजंग राणाको स्मृतिमा विशाल मेमोरियल फाउण्डेशनले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार ५५५ प्राप्त गर्दा उपविजेताले २ लाख ७७ हजार ७७७ रुपैयाँ पाउने छन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछन् ।