काठमाडौं। नेपालले आइसीसी एक दिवसीय वरीयतामा एक स्थान सुधार गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६औं स्थानमा पुगेको हो। यसअघि नेपाल १७औं स्थानमा छ।
ओमन पनि एक स्थान सुधार गर्दै १७औं स्थानमा आइपुगेको छ। तर, क्यानडा भने दुई स्थान तल झर्दै १८औं स्थानमा पुगेको छ। यी तीन राष्ट्रबाहेक अन्यको वरीयता यथावत छ।
भारत पहिलो, अस्ट्रेलिया दोस्रो, दक्षिण अफ्रिका तेस्रो, पाकिस्तान चौथो र न्युजिल्यान्ड पाँचौं स्थानमा छ। नेपाल, ओमान र क्यानडाभन्दा तल अमेरिका र युएई छन्।