काठमाडौं। म्यानचेस्टर सिटी र इल्के गुन्डोगानको फेरि मिलन हुने भएको छ।
जर्मनीका पूर्वमिडफिल्डरलाई बुधबार सिटीले बार्सिलोनाबाट भित्राएको हो। उनीसँग एक वर्षको सम्झौता गरिएको छ। ३३ वर्षीय गुन्डोगानसँग भएको कुनै पनि सम्झौताबारे न त सिटी न त बार्सिलोनाले नै सार्वजनिक रूपमा टिप्पणी गरेको छ।
गुन्डोगानले २०२२-०२३ सिजनपछि सिटी छोडेका थिए। यस अवधिमा उनी प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग ट्रेबल जित्ने टोलीको कप्तान थिए। उनले प्रिमियर लिग क्लबमा सात वर्ष बिताए। तर, नयाँ चुनौतीको लागि बार्सिलोना जाने निर्णय गरे र क्याटलन क्लबको साथ आफ्नो एकमात्र सिजनमा जाभी हर्नान्डेजको मनपर्ने खेलाडीहरू मध्ये एक बने।
तर, बार्सिलोनाको नाजुक आर्थिक अवस्थाका कारण नयाँ प्रशिक्षक हान्सी फ्लिकले अनुभवी प्लेमेकरसँग सम्बन्धविच्छेद गर्न बाध्य भएका छन्।
गुन्डोगानको बहिर्गमनले बार्सिलोनालाई नयाँ मिडफिल्डर डानी ओल्मो दर्ता गर्न मद्दत गर्नेछ, जुन स्पेनिस लिगको वित्तीय नियमका कारण अहिलेसम्म गर्न असमर्थ छ।
गुन्डोगान हालै सम्पन्न युरोपियन च्याम्पियनसिपमा जर्मनीका कप्तान थिए। उनले यसै साता अन्तर्राष्ट्रिय जिम्मेवारीबाट सन्न्यास लिएका थिए।