काठमाडौं। फारुक अहमद बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)को नयाँ अध्यक्षमा निर्वाचित भएका छन्।
नजमुल हसनको राजीनामापछि उनलाई यो पद दिइएको हो। ढाकामा बुधबार बसेको बोर्ड बैठकमा हसनले पदबाट राजीनामा दिएका हुन्।
बंगलादेशको टोली हाल पाकिस्तानमा छ, जहाँ उसले दुई टेस्टको शृंखला खेल्ने छ। दोस्रो टेस्ट अगस्ट ३० गतेदेखि रावलपिण्डीमा खेलिने छ।