काठमाडौं। चेल्सीका विंगर रहिम स्टर्लिङले युरोपा कन्फ्रेन्स लिगको प्लेअफको खेल गुमाउने भएका छ।
प्लेअफको पहिलो लेगमा चेल्सीले घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बिहीबार स्विस क्लब सर्भेटेविरुद्धसँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेलका लागि चेल्सीले युइएफएमा पेस गरेको सूचीमा स्टर्लिङको नाम समावेश गरिएको छैन।
२९ वर्षीय स्टर्लिङलाई प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा पनि टोलीबाट बाहिर राखिएको थियो। स्टर्लिङले चेल्सीका सबै ६ प्रि–सिजन म्याचमा खेलेका थिए। यद्यपि, उनले बारम्बार मौका पाएका छैनन्।
यसैगरी बेन चिलवेल, वेस्ले फोफाना र टोसिन अडाराबायोयो पनि टोलीमा अटाएका छैनन्।