काठमाडौं। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ बाट ५१२० करोड भारू अतिरिक्त आम्दानी गरेको छ।
इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार आईपीएल २०२२ को तुलनामा २३६७ करोडको अतिरिक्त आम्दानी गरेको हो। आईपीएल २०२३ बाट बीसीसीआईको कुल आम्दानी ११,७६९ करोड थियो, जुन वार्षिक ७८ प्रतिशतले बढेको छ। बीसीसीआईको २०२२-२३ को वार्षिक प्रतिवेदन अनुसार खर्च पनि ६६ प्रतिशतले बढेर ६६४८ करोड पुगेको छ।
प्रतिवेदनले नयाँ मिडिया सर्वाधिकार र प्रायोजन सम्झौताले आम्दानी बढेको बताएको छ। नयाँ मिडिया सर्वाधिकार सम्झौता २०२३-२७ चक्रको लागि ४८,३९० करोड रुपैयाँको छ। यो आईपीएल २०२३ बाट सुरु भएको थियो। डिज्नी स्टारले २०२१ मा २३,५७५ करोड (२०२३–२७ को लागि)मा टिभी सर्वाधिकार पाएको छ। जिओ सिनेमाले २३,७५८ करोडमा डिजिटल सर्वाधिकार पाएको छ। आईपीएलको उपाधि अधिकार टाटा सन्सलाई २५ सय करोडमा बेचेको थियो।