काठमाडौं। बायर्न म्युनिखका डिफेन्डर जोसिप स्टानिसिच केही हप्ताका लागि मैदान बाहिर रहने भएका छन्। उनको दाहिने घुँडाको लिगामेन्टमा चोट लागेको छ।
गत सिजन लेभरकुजेनबाट घरेलु मैदानमा अपराजित रहँदै लिग र कप डबल जितेका क्रोएसियाका २४ वर्षीय अन्तर्राष्ट्रिय खेलाडी सोमबारको प्रशिक्षणसत्रका क्रममा घाइते भएका हुन्।
‘सोमबार प्रशिक्षणका क्रममा बायर्नका डिफेन्डरले दाहिने घुँडाको लिगामेन्ट च्यातिएपछि स्टानिसिच केही हप्ताका लागि मैदानबाहिर रहनेछन्। यो एफसी बायर्नको मेडिकल डिपार्टमेन्टले गरेको परीक्षणको नतिजा हो,’ बायर्नले भनेको छ।
बुन्डेसलिगाको सिजन आइतबारबाट सुरु हुनेछ। बायर्नले भिएफएल वोल्फ्सबर्गसँग खेल्दै यात्रा सुरु गर्नेछ।