काठमाडौं। म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले मंगलबार प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) ‘प्लेयर अफ द इयर’ अवार्ड जितेका छन्।
पेप ग्वार्डिओलाको सिटीले युइएफए सुपर कप र क्लब विश्वकपको उपाधि उचालेको थियो। यस्तै, एफए कप उपविजेता पनि बनेको थियो। इङ्ल्यान्डका २४ वर्षीय मिडफिल्डरले गत सिजन सबै प्रतियोगिताका ५३ खेलमा २७ गोल गरेका थिए।
फोडेनले भने, ‘यो पुरस्कार जित्नु निकै विशेष कुरा हो। यसका लागि म निकै गौरवान्वित र कृतज्ञ छु।’
फोडेनले सिटीका एर्लिङ हालान्ड तथा रोड्री, चेल्सीका कोल पामर, आर्सनलका मार्टिन ओडेगार्ड र एस्टन भिल्लाका ओली वाटकिन्सलाई पछि पारेका थिए।
चेल्सीका २२ वर्षीय विंगर पामरले सिटी छाडेपछि लन्डन क्लबमा पहिलो सिजनमा प्रिमियर लिगमा ३४ खेलमा २२ गोल गरेका थिए।