काठमाडौं। पहिलो संस्करणको गोदावरी स्टिल्स कर्पोरेट क्रिकेट लिग टी–१० क्रिकेट प्रतियोगिताको उपाधि मंगलबार डोग्मा ग्रुपले जितेको छ। भेट्रान्स फोर्टी प्रालिले आयोजना गरेको प्रतियोगिताको फाइनलमा डोग्माले प्राइम बैंकलाई ६ विकेटले पराजित गरेको हो।
ललितपुरस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीको इन्डोर हलमा सम्पन्न खेलमा प्राइमले दिएको १०४ रनको लक्ष्य डोग्माले एक ओभर बाँकी हुँदै मात्र एक विकेट गुमाएर पूरा ग¥यो। डोग्माका ओपनर आश्रय बस्नेतले अर्धशतक प्रहार गर्ने क्रममा अविजित ५७ रन बनाए। उनले २४ बलमा तीन चौका र ६ छक्का प्रहार गरे। कप्तान सुमन सिजापतिले अविजित २७ र निश्चल रिमालले १३ रन बनाए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको प्राइमका लागि नितेन मलेगोले सर्वाधिक २५ रन बनाए। कृतार्थ शाक्यले २१ र प्रवेश श्रेष्ठले अविजित १६ रनको योगदान दिए। डोग्माको बलिङतर्फ सगुन खड्का, र सुमन सिजापतिले समान एक विकेट लिए।
डोग्माले सेमिफाइनलमा राष्ट्रिय वाणिज्य बैंकलाई ६ विकेटले पराजित गरेको थियो। दोस्रो सेमिफाइनलमा प्राइमले आइसिएफसी फाइनान्सलाई सोही नतिजामा पराजित ग¥यो। लिगको विजेता र उपविजेतालाई ट्रफी पाए। साथै विजेताले भने आगामी संस्कणमा निः शुल्क प्रवेश पाउनेछ। चार दिनसम्म चलेको प्रतियोगितामा कुल २० टोली सहभागी थिए।