काठमाडौं। चेल्सीले एट्लेटिको मड्रिडका फरवार्ड जोआओ फेलिक्सलाई अनुबन्ध गर्ने भएको छ। २४ वर्षीय फेलिक्सलाई चेल्सीले ६ वर्षका लागि अनुबन्ध गर्ने तयारी गरेको हो।
चेल्सीले एट्लेटिकोसँग ४ ० मिलियन पाउन्ड (५१ मिलियन अमेरिकी डलर) शुल्क लिन सहमत भएको बताइएको छ। २०२२-२३ सिजनमा उनले स्टामफोर्ड ब्रिजमा निराशाजनक प्रदर्शन गरे। २० खेल खेलेका उनले चार गोल गरे। पछिल्लो सिजन उनी लोनमा बार्सिलोना पुगेका थिए।
फेलिक्सको आगमनसँगै मिडफिल्डर कोनोर गालाघर स्पेनिस क्लबमा स्थानान्तरण हुने सहज हुनेछ।