काठमाडौं। जर्मनीका मिडफिल्डर इल्के गुन्डोगानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्।
गत वर्ष म्यानचेस्टर सिटीबाट बार्सिलोनामा प्रवेश गरेका गुन्डोगानले सन् २०११ मा जर्मनीका लागि डेब्यु गरेका थिए। त्यसता राष्ट्रिय टोलीबाट ८२ खेल खेलेका उनले १९ गोल गरे।
गुन्डोगानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही हप्ताको विचारपछि अब मेरो राष्ट्रिय टोलीको करियर अन्त्य गर्ने समय आएको छ भन्ने निष्कर्षमा पुगेको छु।’
गुन्डोगानले युरो कप २०२४ मा जर्मनीका लागि सबै पाँच खेल खेलेका थिए। उनको अन्तिम अन्तर्राष्ट्रिय खेल विजेता स्पेनसँग क्वार्टरफाइनलमा पराजित हुनु थियो।