काठमाडौं। पेरिस ओलम्पिक २०२४ मा आयोजक राष्ट्रलाई रजत पदक दिलाएका प्रशिक्षक थिएरी हेनरीले राजीनामा दिएका छन्।
फ्रान्सेली फुटबल महासंघले व्यक्तिगत कारण देखाउँदै उनले पदबाट राजीनामा दिएको जानकारी दिएको छ। पेरिस ओलम्पिकलाई ध्यानमा राखेर हेनरीलाई एक वर्षअघि अनुबन्ध गरिएको थियो।
उनले टोलीलाई फाइनलमा पुर्याएका थिए। तर, पार्क डेस प्रिन्सेसमा अतिरिक्त समयमा स्पेनसँग ५-३ ले पराजित हुनपुग्यो।
फाइनलपछि आर्सनल र बार्सिलोना पूर्वफरवार्डले टोलीसँग रहन नसक्ने बताएका थिए। ओलम्पिमा आफ्नो देशको लागि रजत पदक जित्नु आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धी रहेको उनले बताए।