काठमाडौं। नेपोलीलाई इटालियन सिरी ‘ए’ को नयाँ सिजनको पहिलो खेलमा निराशाजनक नतिजा हात लागेको छ।
स्टेडियो एमए बेनटेगोडी भएको खेलमा नेपोली हेलास भेरोनासँग ३–० ले पराजित भएको छ। पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। तर, दोस्रो हाफमा नेपोली सम्हालिन सकेन।
५०औं मिनेटमा डेलोन लिभ्रामेन्टोले गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए। ७५ औं मिनेटमा डेनियल मस्केराले गोल गर्दै भेरोनाको अग्रता दोब्बर पारे। खेलको इन्जुरी समयमा भेरोनाले तेस्रो गोल गर्दै नेपोलीको डिफेन्स कमजोर रहेको प्रमाणित गर्यो। यसपल्ट पनि मस्केराले गोल गरे।
रोमाले काग्लियारीमा गोलरहित बराबरी खेल्दै आफ्नो अभियानको सुरुवात गरेको थियो। सिटी प्रतिद्वन्द्वी लाजियोले घरेलु मैदानमा भेनेजियालाई ३–१ ले हराएको थियो।