काठमाडौं। डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले आइतबार स्पेनिस ला लिगाको पहिलो खेलमा मालोर्कासँग १–१ गोलको बराबरी खेलेको छ।
मिडविकमा डेब्यु गरेका स्टार स्ट्राइकर किलियन एमबाप्पेको यो रियलका लागि दोस्रो खेल थियो। ला लिगामा भने यो उनको डेब्यु खेल हो। तर, उनको डेब्यु राम्रो हुन सकेन। युइएफए सुपर कपअन्तर्गत बुधबार राति भएको खेलमा रियलले एटलान्टालाई २–० ले पराजित गर्दा उनले एक गोल गरेका थिए।
रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले एटलान्टाविरुद्ध रोड्रिगो, भिनिसियस जुनियर र एमबाप्पलाई अट्याकिङ लाइनमा उतारेका थिए। १३औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। तर, ५३ औं मिनेटमा वेदात मुरिकीले गोल गर्दै मालोर्कालाई खेलमा फर्काए।
एन्सेलोट्टीले भने, ‘अग्रता लिँदै खेलमा राम्रो सुरुआत गरेका थियौं। तर, त्यसपछि दोस्रो गोल गर्ने मौका गुमायौं। हामीले दोस्रो हाफमा सन्तुलन मिलाउन सकेनौं। त्यसैले हार्न पुग्यौं। यो राम्रो खेल थिएन। हामीले अझ राम्रो प्रतिरक्षा गर्न आवश्यक छ। हामी धेरै आक्रामक टोली हौं, तर रक्षात्मक सन्तुलन हुन जरुरी हुन्छ।’