काठमाडौं। नयाँ प्रशिक्षक हान्सी फ्लिकले मिडफिल्डर इल्के गुन्डोगन बार्सिलोनामै रहने अपेक्षा गरेका छन्।
३३ वर्षीय जर्मनीका खेलाडी सन् २०२३ मा म्यानचेस्टर सिटीबाट बार्सिलोनामा अनुबन्धित भएका थिए। बार्सिलोना र उनीबीचको सम्झौता अन्तिम वर्षमा छ।
गुन्डोगन क्लबका सर्वाधिक कमाउने खेलाडीमध्ये एक हुन्। स्पेनी सञ्चार माध्यमले मिडफिल्डर डानी ओल्मोलाई अनुबन्ध गरेपछि उनले क्लब छोड्न सक्ने बताएका छन्।
‘उनी कस्तो खेलाडी हुन् भन्ने मलाई थाहा छ। मैले उनीसँग धेरै कुरा गरेको छु। मलाई लाग्छ उनी रहिरहनेछन्,’ उनले भने शनिबार भ्यालेन्सियामाथि बार्सिलोनाले २–१ को जित निकाल्दा गुन्डोगनले चोटका कारण उक्त खेल गुमाएका थिए।
‘गुन्डोगनको आँखामा सोमबार चोट लागेको छ। त्यसैकारण उनी घरमै बसिरहेका छन्,’ खेलपछि फ्लिकले पत्रकारसँग भने। स्पेनिस ला लिगामा बार्सिलोनाले एथ्लेटिक बिल्बाओको सामना गर्नेछ।