एजेन्सी । इंग्लिश क्लब टोटेनहमका मिडफिल्डर मौसा डेम्बेले चिनियाँ क्लब गोन्जाउ एभरगाडमा अनुबन्धित भएका छन् ।
बेल्जियममा मिडफिल्डर डेम्बेलेले चिनियाँ सुपर लिग क्लब गोन्जाउसंग ३ बर्षे सम्झौता गरेका छन् । डेम्बेलेलाई गोन्जाउले ११ मिलियन पाउण्डमा अनुबन्ध हो ।
अब डेम्बेले गोन्जाउमा ब्राजिलियन फरवार्ड पाउलिन्होसंग खेल्नेछन् । पाउलिन्हो यसै बार्सिलोनाबाट यसै सिजन लोनमा गोन्जाउ पुगेका हुन् ।
फुलहमबाट सन् २०१२ मा टोटेनहम आएका डेम्बेलेले यस सिजन १३ खेल खेलेका थिए । पछिल्लो समय चोटको समस्यामा रहेका डेम्बेले टिममा पर्न कोशिस गरिरहेका थिए ।