काठमाडौं। साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ।
निराजन धामीले खेलको २४औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका हुन्।
निराजनले २३औं मिनेटमा गोल गरेका थिए। फ्रिककबाट आएको बललाई समीर तामाङले बाइसाइकल किक प्रहार गरेका थिए। तर, उक्त बल श्रीलंकाका खेलाडीलाई लाग्न पुगेको थियो। रिबाउन्डमा आएको सोही बललाई उनले जाली चुमाए।
खेलमा तुलनात्मक रूपमा बल पोजिसनमा पकड जमाएको नेपाल फिनिसिङमा भने बारम्बार चुक्न पुग्यो।